संसदीय सुनुवाइ समितिको बैठक अाज बस्दै

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आइतबार बस्दैछ । बैठकले प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशम्शेर जबराको सुनुवाइ प्रक्रिया सुरु गर्नेछ ।

संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीका लागि उनको नाम सिफारिस गरेको थियो । समितिमा जबराको नाम आएको र सोही अनुसार सुनुवाइ प्रक्रिया थालिने समितिले जनाएको छ । सुनुवाइ प्रक्रियाका लागि समितिको बैठक बिहान ११ बजे बोलाइएको छ ।

संवैधानिक परिषदको बैठकले मंसिर २७ गते बिहीबार सर्वसम्मत रूपमा जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । सुनुवाइ समितिले जबराविरुद्ध सार्वजनिक उजुरी आह्वान गर्नेछ, त्यसपछि सुनुवाइ हुनेछ । वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्र पुस १७ गते उमेरहदका कारण अनिवार्य अवकाशमा जान लागेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस