ग्राबियल जिससको गोलले म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो

काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएके खेलमा एभर्टनलाई ३–१ गोलअन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन ग्राबियल जिससले दुई गोल गरे । यस्तै रहिम स्टर्लिङले अर्को गोल थपेका थिए । एभर्टनका डोमिनिक काल्भर्ट लेविनले एक गोल फर्काए ।

सिटीको जितमा जिससले खेलको २२ औं र ५० औं मिनेटमा गोल गरेका थिए । खेलको ६५ औं मिनेटमा एभर्टनका लेविनले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । तर, ६९ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई ३–१ को जित दिलाए ।

जितसँगै सिटीले लिभरपुललाई २ अंकले पछि पार्दै शीर्ष स्थान ओगटेको हो । उपाधि होड कायम राख्ने क्रममा सिटीले १७ खेलबाट ४४ अंक जोडेको छ । एक खेल कम खेलेको लिभरपुलको ४२ अंक छ । सिटीसँग पराजित एभर्टन भने २४ अंक जोडेर आठौं स्थानमा छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा टोटनह्यामले बर्नलेविरुद्ध साँघुरो जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामका लागि क्रिस्टियन एरिक्सनले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा एरिक्सनले गोल गर्दै टोटनहमलाई महत्वपूर्ण ३ अंक दिलाए । यो जितसँगै तेस्रो स्थानको टोटनह्यामले १७ खेलबाट ३९ अंक जोडेको छ । पराजित बर्नले १२ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थान माथि छ ।

प्रिमियर लिगअन्तर्गतकै अर्को खेलमा उल्भरह्याम्टनले बर्नमाउथलाई र वेस्टह्याम युनाइटेडले फूलह्यामलाई समान २–० तथा वाट्फोर्डले कार्डिफ सिटीलाई ३–२ गोल अन्तरले हराएका छन् । यस्तै न्यूकासलले हडर्सफिल्ड र क्रिष्टल प्यालेसले लेस्टर सिटीलाई समान १–० गोलअन्तरले हराएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस