इपीएलमा आज ललितपुर र भैरहवा भिड्दै

काठमाडाैँ । एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएलमा आज एउटामात्रै खेल हुने भएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा दिउँसो १ बजे हुने खेलमा ललितपुर प्याट्रियोट्स र भैरहवा ग्लाडियटरर्स भिड्ने छन् । जारी प्रतियोगितामा ललितपुर शीर्ष स्थानमा रहँदा भैरहवा दोस्रो स्थानमा छ ।

ज्ञानेन्द्रको कप्तानीमा रहेको ललितपुर र शरद भेषावकरको कप्तानीको भैरहवा दुवै आजको खेल जित्दै क्वाली फाइर राउण्डमा प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रने छन् । आज विजयी हुने टिम शीर्ष स्थानमा रहँदै सिधै क्वाली फायर राउण्ड खेल्ने छ ।

क्वाली फायर राउण्डमा विजयी हुने टिम फाइनलमा पुुग्दा पराजित हुने टिम एलिमिनेटर राउण्डमा खेल्ने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस