च्यासल बिग्रेडबीचको खेल पहिलो हाफमा बराबरी

काठमाडौं । हलचोकस्थित सशस्त्रको खेल मैदानमा जारी सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युवा क्लब र बिग्रेडबीचको खेल पहिलो हाफमा गोलरहित बराबरी भएको छ ।

आठौं खेलम आमनेसामने भएका दुबै टोली आक्रमक बनेपनि गोल हुन सकेन् । रक्षात्मक खेलिरहेको बिग्रेडले च्यासलका केही प्रहार बिफल पारेको छ । च्यासल चौथो जित निकाल्ने लक्ष्यमा छ भने बिग्रेड दोस्रो जितको खोजीमा छ । युवा खेलाडी सम्मलीत बिग्रेडले लिगमा अपेक्षाकृत नतिजा निकाल्न सकेको छैन् । शीर्ष ४ मा पर्ने लक्ष्य राखेको च्यासलले भने ३ खेलमा जित निकालेको छ ।

लक्ष्य पूरा गर्न हरेक खेल जित्नैपर्ने दबाबमा रहेको च्यासलले पछिल्लो खेलमा फेन्ड्रसमाथि ३–१ को जित निकालेको थियो । एपिएफबिरुद्ध तेस्रो खेलमा ३–१ को जित निकालेयता बिग्रेडले लिगमा सुखद नतिजा निकाल्न सकेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस