इपीएलमा काठमाडौं किंग्स प्ले अफमा, भैरहवा ७ विकेटले पराजित

काठमाडौँ । एभरेष्ट प्रिमिएर लिग क्रिकेटमा काठमाडौं किंग्स इलाभेनले तेस्रो जित निकालेको छ। एउटा खेल हारेको काठमाडौंले शनिबार भैरहवा ग्लाडियटर्सलाई ७ विकेटले पराजित गरेको हो। जितसँगै काठमाडौंको प्लेअफमा पुगेकाे छ। भैरहवाले दिएको १५० रनको लक्ष्य काठमाडौंले ५ बल बाँकी छदै ३ विकेट गुमाएर पुरा गरेको हो।

काठमाडौंको जितमा अमित श्रेष्ठले ५१ रन बनाउँदा रोहन मुस्तफाले ३६ रन बनाएका थिए। केभिन ओब्रिन ३३ र नरेश बुढा ऐर ४ रनमा नट आउट रहे। भैरहवाका भुवन कार्की र शरद भेषावकरले एक एक विकेट लिएका थिए। टस हारेर पहिला ब्याटिङ गरेको भैरहवाले निर्धारित ओभरमा ४ विकेट गुमाएर १४९ रन बनाएको थियो।

भैरहवाका ४० रन बनाउँदा ३ विकेट गुमाएको भैरहवाका लागि रविइन्दर सिंह र कप्तान सरद भेषावकरको उत्कृष्ट पारिको मद्दतले काठमाडौंलाई मध्यम लक्ष्य दिन सफल थियो। रविइन्दरले नट आउट ८६रन बनाउँदा ६ छौका र ४ छक्का प्रहार गरेका थिए। यसैगरी भेषावकरले ३९ रन बनाएका थिए। काठमाडौंका जितेन्द्र मुखियाले २ तथा केभिन ओब्राइन र प्रदीप साहुले एकएक विकेट लिएका थिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस