नवलपुुरको आरुंगखोलामा नेपाल बैंक

काँठमाडाैँ । नेपाल बैंक लिमिटेडले गण्डकी प्रदेशको नवलपुुर जिल्लास्थित आरुंगखोलाबजारमा शाखा पुनःस्थापना गरेको छ । पुनःस्थापित शाखामा एक विशेष समारोहकाबीच गण्डकी प्रदेशका सांसद जनकलाल श्रेष्ठ र नेपाल बैंक लिमिटेडका सहायक कार्यकारी अधिकृत श्याम सुन्दर कँडेलले संयुक्त रूपमा कारोबार शुभारम्भ गरे ।

सो अवसरमा उद्योग वाणिज्य संघ मध्यविन्दु नगरपालिकाका अध्यक्ष केदारप्रसाद पराजुलीले पुनःस्थापित बैंक शाखाबाट कृषि पशुपालन साना मझौला उद्योगमा लगानी हुने अपेक्षा प्रकट गरे भने शाखा प्रवन्धक संस्कृति प्रधानले बैंक शाखाले स्थानीय समुदायबाट भरपुर सहयोगको अपेक्षा प्रकट गरे ।

पुनस्थापित शाखा समेत नेपाल बैंकको जिल्ला पहुँच ५९ र शाखा संख्या १५३ पुगेको जानकारी बैंकको प्रधान कार्यालय अपरेसन विभागका मुख्य प्रवन्धक कृष्णचन्द श्रेष्ठले दिएका छन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस