फष्टलुकमा यस्तो देखियो ‘शुभलभ्’

काठमाडौं । चलचित्र ‘शुभलभ’को फस्टलुक सार्वजनिक भएको छ ।  निर्माण युनिटले चलचित्रको एक पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरेको हो ।  पोस्टरमा चलचित्रका दुई मुख्य पात्र हरिहर अधिकारी र कृष्टिन पौडेलले स्थान पाएका छन् । युवा जोतिष हरिहर र कृष्टिनले यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्न लागिएका हुन् । पोस्टरमा जोडीको रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् ।

बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता प्रदीपकुमार उदय हुन् । सन्तोषबाबु लोहनी निर्देशित चलचित्रमा धर्मराज शर्मा सुवेदीको लगानी छ ।

१५ चैत्रबाट प्रदर्शनमा आउने बताइएको ‘शुभलभ’ मा हरिहर र कृष्टिनको अलवा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोला, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

हरिहर कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायाँकन, रोशनविक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन  चलचित्रमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस