‘रंगभेदी’ भन्दै घाना विश्वविद्यालयबाट हटाइयो गान्धीको शालिक

एजेन्सी । स्वतन्त्र भारतका अभियन्ता तथा सन्त महात्मा गान्धीको शालिक घानाको एक विश्वविद्यालयबाट हटाइएको छ । उनी रंगभेदी भन्दै विरोध भएपछि घाना सरकारले शालीक हटाएको हो ।

बुधबार पूर्वराष्ट्रपति प्रवण मुखर्जीले अनावरण गरेको केहीबेरमै शालिक हटाउन आग्रह गरिएको थियो । आग्रहमा गान्धी रंगभेदी भएको र उनको भन्दा अफ्रिकी मुलका थुप्रै महान व्यक्ति भएकाले उनीहरुको शालीक राख्न आग्रह गरिएको थियो ।

विश्वविद्यालयको प्राङ्गणमा अनावरण गरिएको शालिक हटाइएको विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीले बीबीसीलाई बताए । शालिक अनावरण परराष्ट्रमन्त्रालय र क्षेत्रीय मन्त्रालय जिम्मेवार भएको पनि उनीहरुले उल्लेख गरे ।

कानुन संकायका विद्यार्थी नाना अदोमा असारे अदेईले भने, ‘उनको शालिक यहाँ हुनुको मतलब हामी सबै उनको पक्षमा उभिएका छौँ उनी नै रंगभेदको पक्षमा छन् भने उनको शालिक क्याम्पस परिसरमा राख्नुको कुनै अर्थ रहदैँन ।’

गान्धीले २० औं शताब्दीमा बेलायती उपनिवेश शासनको विरुद्धमा अहिंसात्मक आन्दोलनका सुरुवात गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस