नेपाल इन्जिनियर्स एसोसियनमा नयाँ नेतृत्व छानिँदै

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसियनको नयाँ नेतृत्व चयनका लागि अहिले निर्वाचन भइरहेको छ ।

काठमाडौंमा जारी निर्वाचनमा नयाँ नेतृत्वका लागि प्रगतिशील समूह र लोकतान्त्रिक समूहका इन्जिनियरहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा प्रगतिशील समूहको नेतृत्व प्राध्यापक डा. त्रिरत्न बज्राचार्यले र लोकतान्त्रिक समूहको नेतृत्व प्रा. हिरेन्द्रमान प्रधानले गरेका छन् ।

निर्वाचनबाट केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६/१६ जना चुनिनेछन् । एशोसिएसनको कार्यकारिणी समितिको पदावधि दुई वर्ष हुन्छ । दुवै समूहले व्यावसायिक हकहितका एजेन्डा उठाएका छन् ।

बिहान ८ बजे शुरु भएको मदतान अपरान्ह ५ बजेसम्म निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लागू औषध मुद्दामा पक्राउ परेका एन्फा उपाध्यक्ष दावा लामा रिहा

काठमाडौं । लागुऔषध मुद्दामा पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा रिहा …

प्रतिकृया दिनुहॊस