यूरोपा लिग : चेल्सी बराबरीमा रोकियो, आर्सनल विजयी

काठमाडौं । युरोपियन क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता यूरोपा लिगको नक आउट चरणको समीकरण पूरा भएको छ ।

समूह चरणको अन्तिम खेलमा हिजो इंग्लिस क्लव चेल्सी बराबरीमा रोकिँदा आर्सनल विजयी भएको छ । यसअघि नै नकआउट चरणमा पुगिसकेको चेल्सी समूह चरणको अन्तिम खेलमा हंगेरीको मोल भिडी फुटबल क्लबसँग दुई–दुई गोलको बराबरीमा रोकियो । यो खेलमा चेल्सीका स्पेनिस स्ट्राईकर अल्भारो मोराटा चोटग्रस्त भएका छन् ।

युरोपा लिगको अर्को खेलमा आर्सनलले अजरबैजानको एफके काराबागलाई १–०ले हराएको छ । उता, स्कटिस च्याम्पियन सेल्टीक पनि नाटकीय रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । समूहको अर्को खेलमा रोजेनबर्ग र लेपेजिगले बराबरी खेलेपछि अन्तिम खेलमा साल्जबर्गसँग २–१ ले पराजित भए पनि सेल्टीक नकआउट चरणमा पुग्न सफल भयो ।

उता, इटालियन क्लव एसी मिलान भने युरोपा लिगको समूह चरणबाटै बाहिरिएको छ । समूहको अन्तिम खेलमा ओलम्पियाकोससँग ३–१ ले पराजित हुँदै मिलान प्रतियोगिताबाट बाहिरिएको हो ।

गएरातिका खेलपछि यूरोपा लिग फुटबलको अन्तिम ३२ चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । समूह चरणबाट छनोट भएका २४ तथा च्याम्पियन्स लिगबाट झरेका ८ टोलीले अन्तिम ३२ चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस