ईपीएलः विराटनगर र भैरहवा, काठमाडौं र ललितपुर भिड्दै

काठमाडौं । एभरेष्ट पि्रमियर लिग (ईपीएल) क्रिकेटमा आज दुई खेल हुदै छन् । टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक विजेता विराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्ससँग प्रतिस्पर्धा गर्दै छ । जारी लिगमा दुबै टिम अपराजित टिम हुन् ।

यसअघि भएको खेलमा विराटनगरले ललितपुर प्याटि्रयटसलाई तीन विकेटले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा पोखरा राइनोजलाई सुपर ओभरमा विराटनगरले पराजित गरेको थियो ।

भैरहवाले भने पोखरालाई पहिलो खेलमा चार विकेटले र दोस्रो खेलमा चितवनलाई १२ रनले पराजित गरेको थियो । त्यस्तै, आजै हुने दोस्रो खेलमा लिगको शीर्ष स्थानमा रहेको ललितपुरले काठमाडौं किंग्स इलाभेनसँग प्रतिस्पर्धा गर्न लागेको छ । दुवै टिम जितको खोजिमा छन् ।

ललितपुरले आफ्नो पहिलो खेलमा नै विराटनगरसँग तीन विकेटको हार ब्यहोरेको थियो । तर बाँकी दुई खेलमा जित हात पारेको छ ।

काठमाडौंको भने यो दोस्रो खेल हो । आफ्नो पहिलो खेलमा काठमाडौंले चितवनलाई ६ विकेटले पराजित गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस