हरियो खुर्सानी खाँदा यस्तो फाइदा

काठमाडौं । पिरो खान मन पराउने धेरै हुन्छन्। यद्यपी हरियो खुर्सानी खाने हो भने पिरो स्वादसँगै अन्य लाभसमेत हुन्छ। हरियो खुर्सानीले पेट र छातीमा असर गर्दैन। यसमा भिटामिन ए, बी–६, सी, आइरन, पोटासियम, कार्बोहाइड्रेट र अन्य धेरै पोषक पदार्थ पाइन्छ। यो खबर आजको नयाँ पत्रिकाले छापेको छ।

हरियो खुर्सानी खाएमा छालामा चमक आउनुका साथै रोगप्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ। खुर्सानीले रक्तसञ्चार वढाउँछ। शरीरमा प्रतिरक्षा प्रणाली वढाउँछ। सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसका लागि हरियो खुर्सानी एकदमै उपयोगी हुन्छ। आवश्यक मात्रामा खाँदा फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ। हरियो खुर्सानीले आँखाको दृष्टि पनि तेज बनाउँछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस