ला लिगा छोडी सिरि ए आउन मेसीलाई रोनाल्डोको चुनौती

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले लियोनल मेसीलाई इटाली आउन सुझाव दिएका छन्। रियल म्याड्रिडका पूर्व फरवार्ड रोनाल्डोले एक अन्तर्वार्ताका क्रममा अर्जेन्टिनी कप्तान मेसीलाई स्पेन छोडेर सिरि ए आउन सुझाव दिएका हुन्।

इटालीको प्रतिष्ठित ला गजेटा डेलो स्पोर्ट ले लिएको अन्तर्वार्तामा रोनाल्डोले मेसीसँगको प्रतिस्पर्धा मिस भएको भन्दै उनले पनि नयाँ चुनौती लिने समय आएको बताए। बार्सिलोनामा लामो समय बिताएका मेसीलाई अब केही नयाँ कुरा चाहिएको भन्दै उनले आफू पोर्चुगल, इङ्ल्यान्ड, स्पेन, इटाली र राष्ट्रिय टोलीबाट गरी विभिन्न ठाउँमा खेलिसकेको भए पनि मेसी अझै स्पेनमै रहेकाले उनले पनि केही गर्नुपर्ने बेला भएको जिकिर गरे।

इटाली आउनुअघि रोनाल्डो मेसीसँगै करिब एक दशक स्पेनिस ला लिगामा दुई ठूला क्लब रियल म्याड्रिड र बार्सिलोनाबाट खेल्ने गर्थे। तर, रोनाल्डो यसै सिजनको सुरुवातमा १ सय मिलियन युरोमा इटालीको च्याम्पियन युभेन्ट्स पुगे। रियल म्याड्रिडलाई लगातार ३ पटक च्याम्पियन्स लिग उपाधि जिताएका रोनाल्डोले रियलमा छँदा मेसीविरुद्ध थुप्रै खेल खेले। दुवै खेलाडीले यस क्रममा व्यक्तिगत र टोलीको लागि सफलता पनि हासिल गरेका थिए।

यता इटालियन सिरि एमा युभेन्ट्स यो सिजन दोस्रो स्थानको टोलीभन्दा निकै अगाडि छ। सर्वाधिक गोलकर्ताको सूचीमा रोनाल्डोले आफुलाई प्रतिस्पर्धी बनाईरहेका छन्। यता बार्सिलोनाको एकेडेमी ला मासियाका उत्पादन मेसीले क्लब फुटबलमा बार्सिलोनाबाहेक अन्तबाट खेलेका छैनन्। रोनाल्डोले अगाडि भनेका छन्,‘मैले मेसीलाई त्यति धेरै मिस गरेको छैन। तर, मलाई लाग्छ मेसीले मलाई मिस गरेका होलान्।’

विश्व फुटबलमा एक दशकयता रोनाल्डो र मेसीको बर्चस्व क्रोएसियाका लुका मोड्रिचले तोडेपछि यी दुवै खेलाडीलाई पुरानो साख फर्काउने चुनौती छ। रोनाल्डोले मेसीसँग एउटै लिगमा प्रतिस्पर्धा गर्ने चाहना अझै रहेको बताएका छन्। आफ्ना लागि जिवन चुनौती रहेको भन्दै उनले आफूलाई चुनौतीको सामना गर्न मन पर्ने बताए। उनले मेसीलाई निकै राम्रा खेलाडी भएको भन्दै भने, ‘म मेसी एक दिन सिरि एमा आउन् भन्ने चाहन्छु। मैले जस्तै चुनौती स्वीकार गरुन् भन्ने चाहना छ। तर, यदि उनी त्यहीँ खुसी छन् भने त्यसको म सम्मान गर्छु’, रोनाल्डोले भने।

यसअघि एउटै लिगमा खेलेका दुईले पाँच पाँचपटक विश्व वर्ष फुटबलरको अवार्ड जितेका छन्। घरेलु लिगदेखि युरोपियन च्याम्पियन्स लिगसम्म यी दुई खेलाडीबीच दबदबा एक छत्र थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस