३ महिनामा सिगंटी आयोजनाको मुख्य सुरुङ पूरा हुने

काठमाडौं । २५ मेगावाटको सिगंटी जलविद्युत आयोजनामो मुख्य सुरुङ अबको ३ महिनामा पूरा हुने भएको छ । दोलखामा निर्माण भइरहेको आयोजनाको ५ हजार ९ सय १५ मिटर लामो सुरुङ पूरा हुन लागेको हो । मुख्य सुरुङको ५ हजार २ सय १५ मिटर पूरा भइसकेको सिंगटी हाइड्रो पावर इनर्जी कम्पनीका संचालक बटु लामिछानेले बताए ।

उनका अनुसार अब ७ सय मिटर सुरुङ खन्न बाँकी छ । पूरा भएको पहिलो खण्डको ३ हजार मिटर सुरुङमा ढलान भइरहेको पनि लामिछानेले बताए । ७० प्रतिशत सिभिल संरचना निर्माण सकिएको आयोजनाको बाँध क्षेत्रको काम पनि अन्तिम चरणमा पुगेको छ । बाँध क्षेत्रमा अहिले हाइड्रोमेकानिकलतर्फको काम भइरहेको छ । यस्तै, शिरिसघारीस्थित कात्तिके गाउँमा निर्माण भईरहेको विद्युतगृहमा ढलानको काम सुरु भएको छ ।

विद्युतगृहको निर्माण पूरा भएपछि जडान हुने इलेक्ट्रोमेकानिकल उपकरण आयोजना स्थालमा ल्याउने प्रक्रिया पनि सुरु गरिएको छ । इलेक्ट्रोमेकानिकल उपकरण ३ चरणमा आयात गरिने कम्पनीले जनाएको छ । आयोजनाबाट २०७६ असारदेखि विद्युत उत्पादन सुरु गरिनेछ । आगामी वैशाखबाट उत्पादन गर्ने लक्ष्य राखिए पनि करिब ३ महिना ढिला हुने देखिएको हो । विद्युतगृहमा १२।७ मेगावाटको २ युनिट राखेर विद्युत उत्पादन गरिनेछ ।

आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको सिंगटी सबस्टेसनमा जोडिनेछ । आयोजना सम्पन्न गर्न ४ अर्ब ६३ करोड रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा सिभिल बैंकको अगुवाइमा १० बैंकले ऋण लगानी गरेका छन् । आयोजनामा ३ अर्ब ३० करोड रुपैयाँ ऋण लगानी र १ अर्ब ४५ करोड रुपैयाँ स्वपुँजी लगानीे छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस