रियालको जितमा बेल नायक

काठमाडौं । वाल्सका फरवार्ड ग्यारेथ बेलको गोलमा रियाल मड्रिडलाई ला—लिगाको शीर्ष चारमा पुुर्याएको छ । आइतबार राति भएको खेलमा रियालले हुुइसकामाथि संघर्षपूर्ण जित निकालेको हो ।

ला—लिगाका दश खेलमा गोलविहीन बनेका बेलले हुुइससकाकोविरुद्ध भलि गोल गरेका गर्दै आफ्नो गोलविहीन यात्रामा बिराम लगाए । पहिलो हाफको ८ औं मिनेटमा गोल गर्दै अग्रतालिएको रियालविरुद्ध हुुइसकाले पहिलो हाफमा गोल गर्ने अवसर गुुमाएपछि १—० गोलले पछि परेको थियो ।

रियालले सुुरुआतमै अग्रता बनाएपनि खेलको अन्तिमसम्म पनि हुुइसकाले रक्षात्मक खेलेपछि रियालले गोल थप्न नसक्दा १—० को संघर्षपूर्ण जितमा चित्त बुुझायो ।

ला—लिगामा कमजोर देखिएको रियाल अंक तालिकामा चौथो स्थानमा हरको छ । शीर्ष स्थानमा रहेको बार्सिलोना भन्दा ५ अंकले पछि रहेको रियालको २६अंक रहेको छ भने समान २८—२८ अंक भएका सेभिल्ला र एट्लेटिको डे मड्रिड तेस्रो स्थानमा रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस