विद्युत गृहमा नयाँ यन्त्र जडान

जुम्ला । सदरमुकाम खलङ्गा घुघुत्तीस्थित साना जलविद्युत् उपभोक्ता समितिको विद्युत गृहमा नयाँ यन्त्र जडान शुरु गरिएको छ । भारतीय दूतावासको सहयोगमा खरिद गरिएको यन्त्र ३५ वर्षपछि राख्न शुरु गरिएको हो ।

उक्त यन्त्र रु दुई करोड ६३ लाखमा विद्युत गृहमा ल्याएर जडान गर्न शुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले बताए । भारतीय दूतावासले दिने भएपछि तत्कालीन समयमा जिल्ला विकास समितिले बोलपत्र आब्हान गरेको र अहिले जिल्लामै यन्त्र आइपुगेपछि जडान गर्न शुरु गरिएको उनले बताए ।

नयाँ यन्त्र जडान गर्न करीब एक महिना लाग्ने यन्त्र जडानका लागि भारतबाट आएका इञ्जिनीयर सारस्वत हिन्दवालले बताए । विसं २०४० मा नेता हरिचन्द्र महतको पहलमा शुरु भएको तत्कालीन जालपा हाइड्रोबाट शुरु भएको २२० किलोवाट क्षमताको सो गृहबाट १२० किलोवाट विद्युत् मात्र उत्पादन भइरहेको छ । यन्त्र जडानपछि २२० देखि ३०० किलोवाट विद्युत् उत्पादन गर्न सकिने अनुमान गरिएको छ ।

चन्दननाथ नगरपालिका वडा नं ८ र ९ तलिउममा समेत बत्ती विस्तार हुनसक्ने अध्यक्ष बुढ्थापाले बताउनुभयो । यसैगरी जुम्लामा राष्ट्रिय प्रशारण लाइनको सर्भे समेत भइरहेको र शुक्रबार मात्रै जुम्लाको पातारासीको एक किलोवाटको चुकेनी जलविद्युत्को बोलपत्र आब्हान गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंका मुख्य स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल …

प्रतिकृया दिनुहॊस