अरुण तेस्रोकाे सुरुङ मार्ग र विद्युत् गृहको शिलान्यास

सङ्खुवासभा । पाँच वर्षमा जलविद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखिएको अरुण तेस्रो आयोजनाको पावर हाउस निर्माणको शिलान्यास गरिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शतिशकुमार शर्माले चिचिला गाउँपालिकामा पर्ने पुखुवामा विद्युत् गृह निर्माणको शिलान्यास गरे । उनले तोकिएको समयमा अरुणबाट बिजुली निकालिसक्ने बताए ।

प्रमुख कार्यकारी अधिकृत शर्माका अनुसार १२६ मिटर सुरुङ निर्माण भइसकेको छ । ‘सुरुङ ११ दशमलब ७४ किलोमिटर निर्माण गर्नुपर्नेछ’, उनले भने, ‘हामीले काम अघि बढाइसकेका छौँ ।’ छ्याङकुटीबाट विद्युत् गृहसम्म एक महीनाअघि कच्ची सडक पुगिसकेको छ । खाँदबारीबाट बाँधस्थलसम्मको सडक स्तरोन्नति भइसकेको छ ।  सन् २०२२ मा बिजुली उत्पादन गर्ने लक्ष्य लिएको सतलजले निर्माणको काम अब नरोकिने जनाएको छ ।

सङ्खुवासभा, भोजपुर र खोटाङ हुँदै प्रशारण लाइन लगिने छ । प्रशारण लाइनमा निर्माण गरिने ५०१ वटा टावरको पनि काम शुरु भइसकेको छ । भारतीय लगानीमा निर्माण अघि बढेका ठूला आयोजनामध्येको एक अरुण तेस्रोका लागि जग्गा अधिग्रहणको काम सकिएको जिल्ला प्रशासनले जनाएको छ । सेना बराह दल गुल्मको सुरक्षामा विस्फोटक पदार्थ राखिएको छ । सुरुङका लागि विस्फोटका काम भइरहेको सतलजले जनाएको छ । अब चार स्थानबाट सुरुङको काम अघि बढेपछि अझै तीव्रता पाउनेछ ।

मकालु गाउँपालिकामा निर्माण हुने आयोजनाका लागि छ्याङ्कुटीबाट दिदिङको पुखुवा र बाँध स्थलबाट विद्युत् गृह जाने लिङ्क रोड निर्माण भइसकेका र पाँचवटा पक्की पुलमध्ये अधिकांशको काम सकिएको छ । कामले गति लिएपछि जिल्लाको विकास निर्माणमा नयाँ आयाम थपिने विश्वास स्थानीयवासीले गरेका छन् । छ्याङकुटीबाट पुखुवा विद्युत् गृहसम्म २८ दशमलब ६९ किमी सडक निर्माण भइसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंका मुख्य स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल …

प्रतिकृया दिनुहॊस