माथिल्लो तामाकोशीको शेयर सबैलाई

काठमाडाैं ।  माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म बिक्री गरेको साधारण शेयर सबै आवेदकले पाएका छन् । बिक्री प्रवन्धक नागरिक लगानी कोषले कम्पनीको साधारण शेयरबाट सबै आवेदक लाभान्वित भएको जनाएको छ ।

बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार शेयर आवेदन दिने सबै आवेदकलाई ४० कित्ताका दरले शेयर वितरण गरिएको छ । त्यसरी शेयर वितरण गर्दा बाँकी रहने १७ लाख २७ हजार ७५० कित्ता शेयरमध्ये १० कित्ताका दरले गोलाप्रथा गरी एक लाख ७२ हजार ७७५ आवेदकलाई ५० कित्ता शेयर दिइएको छ ।

तामाकोशीको शेयरमा तीन लाख ३९ हजार ७७५ जनाले आवेदन दिएका थिए । तीमध्ये तीन लाख ३४ हजार ७५ आवेदकले मात्रै शेयर पाएका छन् । विगतमा आवेदन दिएका र दोहो¥याएर आवेदन दिएका पाँच हजार ७०० आवेदकको शेयर आवेदन भने रद्द गरिएको छ ।

कम्पनीले सर्वसाधारणलाई एक करोड ५० लाख ९० हजार ७५० कित्ता शेयर बाँडफाँड गरिएको हो । कम्पनीले बिक्री गरेको एक करोड ५० लाख ९० हजार ७५० कित्ता शेयरका लागि तीन लाख ३९ हजार ७५ आवेदकले आवेदन दिएका थिए । कम्पनीले यसअघि सञ्चय कोषका सञ्चयकर्ता, ऋणदाता संस्थाका कर्मचारी र आयोजना प्रभावित स्थानीयवासीलाई शेयर बिक्री गरेको थियो ।

जलविद्युत् आयोजनाको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सह निष्कासनकर्ता सनराइज क्यापिटल लिमिटेड रहेका थिए । कम्पनीले कूल पूँजीको १५ प्रतिशतले हुन आउने रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो । उक्त योजनामा न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल भौतिक प्रगति ९७ प्रतिशत भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढी प्रभावित आयोजनाले १० महिनासम्म राहत नपाएकाे गुनासाे

काठमाडौं । पूर्वका बाढी प्रभावित जलविद्युत आयोजनाले लामोसमयसम्म राहत नपाएपछि संसदीय समितिमा छलफल भएको छ । बुधवार संघीय संसदको अर्थसमितिमा बाढी प्रभावित आयोजनाका प्रतिनिधि, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान), ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री, राष्ट्र बैंकका गभर्नर, ऊर्जा सचिव र राजस्व सचिवसहित छलफल भएको हो ।

प्रतिकृया दिनुहॊस