१०१ वर्षीया भगवतीदेवीले पाइन् पहिलो राष्ट्रिय परिचयपत्र

काठमाडाैं । पहिलो राष्ट्रिय परिचयपत्र फिदिम नगरपालिका-४ शान्तिपुरकी १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई दिइएको छ । पाँचथरको शहीद मञ्चमा सोमबार आयोजित बिशेष कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले भण्डारीले राष्ट्रिय परिचयपत्र प्रदान गरे ।

सो अवसरमा गृहमन्त्री रामबहादुर थापाले मुलुकमा सुशासन र स्थिरता कायम गर्न तथा समृद्ध राष्ट्र निर्माण गर्न राष्ट्रिय परिचयपत्र महत्वपूर्ण रहेको बताए । आधुनिक, वैज्ञानिक र भरपर्दो सूचना प्रणालीबाट मात्रै मुलुकका सम्पूर्ण विषय तथ्यमा भेटिने गृहमन्त्री थापाको भनाइ थियो । ‘देशका समग्र सूचना एकीकृत नभएसम्म मुलुकलाई आवश्यक कुरा के हो भनेर बुझ्न समेत कठीन पर्दछ’ गृहमन्त्री थापाले भने, ‘तथ्याङ्ककै आधारमा मुलुकको विकास र समृद्धिको योजना तय गर्न सकियो भने मुलुकको विकास तीव्र गतिमा हुन सक्छ ।’

समारोहमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ बाट राष्ट्रिय परिचयपत्र वितरणको कार्य शुरु हुनु प्रदेशका लागि गर्वको विषय रहेको बताए । उनले मुलुक सङ्घीयता कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको बताउँदै सङ्घीयताको सफलताबाट मात्रै जनआकाङ्क्षा पूरा हुने बताए । गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले दुई वर्षभित्र देशका सबै जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरणको कार्य थालनी हुने जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले सबैै नेपालीको जैविक र वैयक्तिक विवरण समावेश भएको राष्ट्रिय परिचयपत्र सबै नेपालीका हातमा पुर्याउने कार्य पाँचथरबाट प्रारम्भ भएको जानकारी दिए । राष्ट्रिय परिचयपत्रमा व्यक्तिको सम्पूर्ण विवरण, भूमि, शिक्षा, सरकारी सेवालगायत सबै सेवाको अभिलेख समावेश गरिएको छ । राष्ट्रिय परिचयपत्र वितरणका लागि वडास्तरसम्म इकाइ स्थापना हुने बताइएको छ ।

३ वर्षभित्र सबैको हातमा राष्ट्रिय परिचयपत्र
आगामी ३ वर्षभित्र सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजनाका साथ अघि बढेको विभागले धमाधम काम भइरहेको जनाएको छ । विभागले यसै आर्थिक वर्षमा प्रदेश १ का झापा र संखुवासभामा परिचयपत्र वितरणको लक्ष्यका साथ त्यहाँ विवरण संकलन गरिरहेको छ ।

त्यसैगरी प्रदेश २ का महोत्तरी र सप्तरी, प्रदेश ३ को ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशको तनहुँ र स्याङ्जाका नागरिकलाई पनि यही आर्थिक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गर्ने विभागको तयारी छ । प्रदेश ५ को कपिलबस्तु र गुल्मी, कर्णाली प्रदेशका सल्यान र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र अछाम जिल्लामा पनि विभागले यही वर्ष परिचयपत्र दिने गरी काम गरिरहेको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस