‘औद्योगिक वातावरणको स्थापनाले मात्र आर्थिक विकास सम्भव छ’

विश्वनाथ गोयल -भाइस प्रेजिडेन्ट, होङ्सी शिवम् सिमेन्ट

कुनैपनि मुलुकको समग्र विकासको मुल आधार हो, आर्थिक प्रगति । आर्थिक रुपमा मुलुकले देशको सामाजिक, सांस्कृतिक, राजनैतिक तथा अन्य विविध पक्षहरुको विकासमा टेवा पुर्याइ रहेको हन्छ । उद्योग तथा कलकारखानाहरुको स्थापनाले व्यक्तिलाई आत्मनिर्भर र स्वाभिमानी बनाउनुका साथै रोजगारीको अवस्था पनि सिर्जना गर्दछ । नेपालकै सबैभन्दा ठुलो सिमेन्ट उद्योगको रुपमा स्थापित होङ्सी शिवम् सिमेन्टले आफ्नो कार्य कुशलतापूर्वक संचालन गर्दै आइरहेको छ । ३० प्रतिशत स्वदेशी तथा ७० प्रतिशत चिनिँया लगानी रहेको यस सिमेन्ट उद्योग नवलपरासी जिल्लाको बेनी मनीपुर गा.वि.स. अन्तर्गत ११० बिगाहा क्षेत्रफलमा संचालित छ ।

३६ अर्ब लगानी रहेको होङ्सी शिवम् सिमेन्टमा २ चिनिँया बैंक सहित ५ नेपाली बाणिज्य बैंकहरु एनएमबी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, एभरेष्ट बैंक र नेपाल एसबीआई बैकले १६ अर्ब रुपैंया लगानी गरेको छ । देशकै प्रतिष्ठित सिमेन्ट उद्योगको रुपमा संचालित होङ्सी शिवम् सिमेन्टले भोगिरहेका चुनौतीहरु र यसका निवारणका उपायहरु सम्बन्धमा कम्पनीका भाइस प्रेजिडेन्ट विश्वनाथ गोयलसँग न्युज दैनिक डट कमका लागि सम्पादक कल्पना शर्मासँग राखेकाे धारणाकाे सम्पादित अंश :-

निर्माणाधीन समयमा १२ सय कामदारहरुबाट सुरु गरिएको र हाल चार हजार कामदार रहेको यस होङ्सी शिवम् सिमेन्ट उद्योगले विभिन्न चुनौतीहरुको सामना गर्नु परिरहेको अवस्था छ । विशेषगरी नेपाल सरकारद्धारा स्थापित विभिन्न उद्योग नीतिहरु उद्योग मैत्रीपूर्ण बन्न सकिरहेको छैन भने उक्त नीतिमा व्यापक फेरबदलको आवश्यकता छ । उद्योग संचालनको लागि सकारात्मक वातावरणको महसुस नहुनुको साथैे उद्योग नीतिमा स्पष्ट छुटको व्यवस्था रहेपनि त्यसको प्रभावशाली रुपमा कार्यान्वयन भैरहेको छैन ।

उद्योग संचालनको लागि आवश्यक पर्ने जमिन स्वीकृतिको लागि प्रकृयागत रुपमा लामो समय लाग्ने र स्वीकृत भैसकेको अवस्थामा पनि विभिन्न आधारभूत पुर्वाधारहरुको अभावले उद्योग सहि ढंगबाट संचालन गर्न समस्या छ । यसको प्रत्यक्ष प्रभाव ग्राहकको परचेजिङ पावरमा पर्न जाने हुन्छ, किनभने आधारभुत पूर्वाधार बिजुली बत्ती, सडक, संचार आदिको अभावमा उद्योगको लागत खर्च पनि बढ्दै जान्छ । अर्को तर्फ ठेकेदारहरुको मनोमानी र ठूलो परिमाणमा युवा वर्ग विदेश पलायन हुनुले सीपमुलुक एवं दक्ष जनशक्तिको अभाव खड्किरहेको छ । मुख्यरुपमा सरकारी प्रकृयामा हुने ढिलासुस्तीले गर्दा एक हिसाबले भन्ने हो भने एउटा अन्तरर्विरोधको अवस्था सिर्जना भैरहेकोे छ ।

हामीले सरकारलाई यी विभिन्न समस्याहरुको निवारणको लागि भनिरहँदा सरकारी निकायहरुले सकारात्मक रुपमा लिएको त छ, तर व्यवहारमा कार्यान्वयन हुन नसक्दा असहज भैरहेको छ । उद्योग निर्माण तथा संचालनको लागि डिजाइन, वातावरण मुल्याङकन लगायत बजेट निर्धारणको प्रकृयामै लामो समय लाग्ने भएकोले उक्त प्रकृयामा विशेष परिवर्तन हुनु आवश्यक छ । समग्रमा सरकारले समयमै आफ्नो प्रतिबद्धता पुरा गर्नुपर्छ, यसो भएमा सरकारले पनि आर्थिक भार खेप्नु पर्दैन ।

आधारभुत पूर्वाधारहरुको निर्माण तथा सबलीकरणमा सरकारी निकायले बढी भन्दा बढी चासो दिनुका साथै औद्योगिक वातावरणको स्थापना गर्न सक्नुपर्छ अनि मात्र देशको आर्थिक विकास संभव छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

बालकुमारीमा रोयल इन्फिल्डको ‘ट्रेनिङ सेन्टर’ सञ्चालन

काठमाडौं । रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले ललितपुरको बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर सञ्चालनमा …

प्रतिकृया दिनुहॊस