अर्थमन्त्रीको आश्वासनपछि खुले बन्द कपडा उद्योग

काठमाडाैं । शनिबारबाट बन्द भएका नेपाली कपडा उद्योग अर्थमन्त्री डा. युवराज खतिवडाको आश्वासनपछि आजदेखि खुलेका छन् । अर्थमन्त्रीले उद्योगको समस्या समाधान गर्ने आश्वासन दिलाएपछि सोमबारबाट उद्योगहरु संचालनमा आएका हुन् ।

कपडा उद्योग सङ्घका अध्यक्ष शैलेन्द्र प्रधानले अर्थमन्त्रीले १० दिन भित्रमा कपडा उद्योगको समस्या समाधान गर्ने बताएपछि कपडा उद्योग खोलेको बताए । ‘आइतबार अर्थमन्त्रीले बोलाएर १० दिन भित्रमा कपडा उद्योगको सबै समस्या समाधान गर्छौँ, उद्योग खोल्नुस् भनेपछि सोही अनुरूप हामीले खोलेका हौँ ’ प्रधानले भने । उद्योग खोले पनि हड्ताल भने फिर्ता नलिएको उनले बताए।

सरकारले आर्थिक ऐनबाट मूल्य अभिवृद्धि कर छुटको प्रावधान हटाएपछि कपडा उद्योगीले शनिबारबाट उद्योग बन्द गरेका थिए । छुट र सहुलियत विना विदेशी उत्पादनसँग प्रतिष्पर्धा गर्न नसकिने भन्दै उनीहरुले उद्योग बन्द गरेका हुन् । छुट हटाए पनि बैकल्पिक सहुलियत दिनुपर्ने उनीहरुको माग छ । सरकारले वैकल्पिक व्यवस्था नगरी भ्याट छुटको सुविधा हटाएको विरोधमा लामो समयदेखि स्वदेशी कपडा उद्योगी आन्दोलमा थिए ।

भ्याट छुटको सुविधा हटाएपछि संघले सरकारसाग अन्य विकल्पहरू माग गरेको थियो । सो माग पनि सम्बोधन नभएपछि बाध्य भएर उद्योग बन्द गर्नुपरेको संघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस