डा केसी अस्वस्थ, बिहान ४ बजेदेखि अस्पताल भर्ना

काठमाडौँ । प्राध्यापक डाक्टर गोविन्द केसी अत्यधिक छाती दुखाइको कारण अस्पताल भर्ना भएका छन् । सोमबार बिहान ४ बजे उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको इमर्जेन्सीमा भर्ना गरिएको हो ।

डाक्टर केसीका सहयोगी अभिषेक राज सिंहका अनुसार अहिले उनको उपचार भइरहेको छ । सेन्टरका डाक्टर अरुण सायमिले डा केसीको स्वास्थ्य चाँजहरु भइरहेको बताए ।  ‘बिहानै अत्यधिक छाती दुखेर उहाँलाई इमर्जेन्सीमा भर्ना गरेका थियौँ’, उनले भने, ‘अहिले स्वास्थ्य जाँचपछि सीसीयूमा सार्ने तयारी गरेका छौँ ।’

डा केसी अस्पताल भर्ना हुन नमानेको सायमीले बताए । सायमिका अनुसार अझै दुई/तीन दिन केसीलाई अस्पतालमै राखेर उपचार गर्नु पर्नेछ। ‘के भएको हो रिपोर्ट आएपछि थाहा हुनछ । अहिले उहाँ खतरामुक्त  हुनुहुन्छ’ सायमिले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस