बाणिज्य बैंकको नाफा तीन महिनामै एक अर्ब ११ करोड

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५७.७३ प्रतिशतले नाफा बढाएको छ । बैंकले सबै बाणिज्य बैंकहरुभन्दा बढि नाफा गरेको हो ।

बैंकले तीन महिनामा एक अर्ब ११ करोड रुपैयाँ नाफा गरेको छ । खुद व्याज आम्दानी ४८ प्रतिशतले बढाएर दुर्इ अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको छ । तीन महिनामा एक खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब २३ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ ।

गत बर्ष एनआइडिसी डेभलपमेन्ट बैंकलार्इ प्राप्ति गरेसँगै चुक्ता पूँजी ९ अर्ब रुपैयाँ पुगेको छ भने जगेडा कोष १४१.६७ प्रतिशतले बढेर १२ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । पूँजी कोष अनुपात १३.७५ प्रतिशत छ भने खराब कर्जा बढेर ३.८३ प्रतिशत पुगेको छ । आधार व्याजदर पनि बढेर ६.३३ प्रतिशत पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस