डोनाल्ड ट्रम्पले पत्रकार खशोग्जीको हत्याको टेप सुन्नै नसक्ने !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियाका पत्रकार जमाल खशोग्जीको हत्याका क्रममा दिइएको चरम यातनासम्बन्धी श्रव्यसामग्री आफूले सुन्नै नसक्ने बताएका छन् ।

अमेरिकी समाचार संस्था ‘फक्स न्यूज’ले आइतबार लिएको अन्तवार्तामा राष्ट्रपति ट्रम्पले खशोग्जीको हत्यामा दिइएको चरम यातनासम्बन्धी श्रव्यसामग्रीबारे आफूले जानकारी लिएको तर सुन्न भने नसक्ने बताएका हुन् । उनले कसैलाई यातना दिइएको टेप गरिएको श्रव्य सामग्री कठोर क्रियाकलापको प्रत्यक्ष प्रमाण भएकाले यसलाई एक मानवका नाताले आफूले सुन्नै कठिन मानेको बताए ।

श्रव्य सामग्रीमा भएका शब्दहरू निकै कठोर, हिंस्रक, क्रुर र भयंकरका भएको उनको भनाइ थियो । ती सामग्री आफूलाई सुनाउन खोजिए पनि अस्वीकार गरेको उनले बताए । टर्कीले यी सामग्री अमेरिका, बेलायतलगायत पश्चिमी सहयोगी देशहरुलाई उपलब्ध गराएको थियो ।

खसोग्जीको हत्या गत अक्टोबर २ मा टर्कीको ईस्तानबुलस्थित साउदी कन्सुलेटमा भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस