सानिमा लाइफ इन्स्योरेन्सले ल्यायो ‘सानिमा दम्पती’ योजना,

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सानिमा दम्पती(सावधिक) नामक नयाँ जीवन बीमा योजना ल्याएको छ । यस योजनामा एउटै बीमा लेखमा श्रीमान तथा श्रीमतीलाई जीवन बीमा प्रदान गरिने छ ।

उक्त योजनामा न्युनतम बीमाङ्क ५० हजार रुपैयाँ र अधिकतम् असिमित रहेको छ । सानिमा लाइफले २१ वर्षदेखि ५० वर्ष उमेरका व्यक्तिहरुलाई लक्षित गरी उक्त योजना ल्याएको हो ।  न्युनतम बीमा अवधि १५ वर्ष, अधिक्तम ३० वर्ष र अधिक्तम बीमा समाप्ती उमेर ७० वर्ष रहेको छ । कम्पनीले आर्जन गरेको मुनाफामा सरिक भई आर्थिक सुरक्षा तथा बचत गर्न पाईने हुँदा जीवन बीमाको क्षेत्रमा उत्तम योजना सावित भएको इन्स्योरेन्सले जनाएको छ ।

 

कम्पनीको प्रबिधिक तथा व्यवस्थापन समुह र जीवन बीमा व्यवसाय सम्बन्धमा विशेष योग्यता प्राप्त दक्ष बीमाङ्कीको समुहबाट विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरुलाई लक्षित गरी उक्त योजना बजारमा ल्याएको  बताएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बालकुमारीमा रोयल इन्फिल्डको ‘ट्रेनिङ सेन्टर’ सञ्चालन

काठमाडौं । रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले ललितपुरको बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर सञ्चालनमा …

प्रतिकृया दिनुहॊस