प्राइम कमर्सियल बैकको नाफा ४५ प्रतिशतले वृद्धि

काठमाडौं । प्राइम कमर्सियल बैंकले  चालू आर्थिक वर्षको तीन महिनामा ५८ करोड १९ लाख रुपैयाँ  नाफा  कमाएको छ ।

बैंकको नाफा अघिल्लो वर्षको यही अवधिमा  ३९ करोड ९९ लाख रुपैयाँ कमाएको थियो । ८ अर्ब ३ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजी भएको प्राइम कमर्सियल बैंकले जगेडाकोषमा ३ अर्ब ९७ करोड ६० लाख रुपैयाँ छुटाएको छ ।

बैंकको निक्षेपमा ७६ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ संकलन गरी कर्जा ७२ अर्ब ३३ करोड २७ लाख रुपैयाँ लगानी गरेको छ जुन गत वर्षको तुलनाभन्दा २२ दशमलव ०३ प्रतिशतले वृद्धि गरेको हो ।

बैंकको खुद व्याज आम्दानीमा ७० दशमलव १७ प्रतिशतले बढेर ९७ करोड २ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा ५१ दशमलव ३६ प्रतिशतले वृद्धि गरी ८३ करोड १२ लाख रुपैयाँ पुगेको छ । बैंकको जोखिम युक्त सम्पति १२ दशमलव १७ प्रतिशत, निष्कृय कर्जा १ दशमलव ४१ प्रतिशत, प्रतिशेयर आम्दानी २८ दशमलव ९८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ११ दशलमव ४६ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४९ दशमलव ४९ रुपैयाँ र तरलता अनुपात २० दशमल ४४ प्रतिशत रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस