यसरी प्राप्त गर्न सकिन्छ जीवनमा खुसी

काठमाडाैं । प्रत्येक दिन १० देखि ३० मिनेट हिँड्ने गर्नुपर्छ। हिँडाइले शरीरमा ताजापन दिन्छ। जसले मन शान्त हुन्छ। शरीर स्वस्थ रहन्छ। यो खबर आजको शुक्रबार साप्ताहिकले छापेको छ।

पलेटी कसेर आँखा चिम्म गरी १० मिनेट मौन बस्दा पनि जीवनमा खुसी प्राप्त हुन्छ। त्यसैगरी प्राकृतिक खाना र प्रार्थनाले पनि खुसी दिन्छ। अरुको निन्दा गर्न छोड्नुपर्छ। अरुको जीवनसँग तुलना गर्दै निरास हुने बानी छ भने त्यागौँ।

जीवनको उतारचढाव स्वीकार गरी धैर्य रहदाँ पनि खुसी प्राप्त हुन्छ। सँधै जित सम्भव हुँदैन। जीवनमा प्राप्त हुने नजितलाई स्वीकार गरौँ। अरुलाई सहयोग गर्ने बानी बसालौँ। आत्म मूल्यांकन गरौँ। यी क्रियाकलापले तपाईंलाई खुसी प्राप्त हुन्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस