समृद्धि माग्दै सडकमा ३ किमि घस्रिए विराटनगरका मेयर

काठमाडाैं । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली तीन किलो मिटर घस्रिँदै घाट पुगेर छठ पूजा गरेका छन् । उनी विराटनगरको समृद्धि र शान्तिका लागि घस्रिएर साष्टांग दण्डवत गर्दै शिव पञ्चयन मन्दिरबाट परोपकार घाट पुगेका खबर आजको नयाँ पत्रिकामा विराटनगरबाट गणेश लम्सालले लेखेका छन् ।

मेयर पराजुलीले मंगलबार दिउँसो साढे १२ बजेबाट दण्डवत यात्रा आरम्भ गरेका थिए । उनलाई तीन किमी यात्रा गर्न साढे तीन घण्टा लागेको थियो । उनीसँगै भतिजाहरु प्रमिस र मनीष पनि घस्रिएरै घाट पुगेका थिए । मेयर पराजुलीले १५ वर्षदेखि छठ पूजा गर्दै आएको बताए ।

‘पहिले म आफू र परिवारको रक्षाका लागि कठिन कार्य गरेर छठपूजा गर्थेँ, तर गत सालदेखि सम्पूर्ण महानगरवासीको सुरक्षा र समृद्धिको लागि पूजा गर्न थालेको छु, सकुन्जेल निरन्तरता दिन्छु’ मेयर पराजुलीले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मन्त्रीको ‘टालेको सट’मा ज्ञानेन्द्रको टिप्पणी- फेरि फेरि गाडी चढ्न सक्नेले एउटा सट किन्न नसक्ने ? नाटक बढी भयो !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले शिक्षामन्त्री सुमना श्रेष्ठको ‘टालेको सट’मा टिप्पणी गरेका …

प्रतिकृया दिनुहॊस