सुदूरपश्चिमको सामाजिक विकास मन्त्रीमा कृष्ण सुवेदी नियुक्त

काठमाडाैं । सुदूरपश्चिम प्रदेशको नवनियुक्त सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले मंगलबार पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलबमार नै सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई हटाइ सुवेदीलाई मन्त्रीमा नियुक्त गरिएको हो ।

सुवेदीलाई प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश प्रमुखको कार्यालयमा सपथ गराएका हुन् । कैलाली ४ ‘ख’ निर्वाचन क्षेत्रबाट निर्वाचित सुवेदी पार्टीमा संस्थापन पक्षका मानिन्छन्। माधव नेपाल पक्षका सोडारीलाई हटाइ उनलाई नयाँ मन्त्रीमा नियुक्त गरिएको हो ।

सपथपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै नवनियुक्त मन्त्री सुवेदीले आफूले विकासका कमलाई प्राथमिकता दिने बताए । उनले पार्टीले आवश्यकता देखेर नै आफूलाई मन्त्री बनाएको दावी समेत गरे । मुख्यमन्त्री भट्टले सोडारीले पदीय मर्यादा अनुकुलको कार्य र आचरण नदेखाएका कारण पदबाट हटाएको प्रतिक्रिया दिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस