महालक्ष्मी विकास बैंकले उत्कृष्ट ३ विद्यार्थीलाई पुरस्कार वितरण

काठमाडौ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको विराटनगर शाखा कार्यालयल ६३ औँ प्रहरी दिवसको शुभ अवसरमा प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरद्वारा आयोजित निबन्ध प्रतियोगिताका सर्वोत्कृष्ट तीन उम्मेद्वारहरुलाई पुरस्कार वितरण गरेको छ ।

वर्तमान परिस्थितिमा देशमा विभिन्न यौनजन्य अपराध बढिरहेको अवस्थालाई मध्यनजर गर्दै यस किसिमको जघन्य अपराधको सम्भावित रोकथामका उपायहरु उजागर गर्ने उद्देश्यले बैंकको विराटनगर शाखाले प्रदेश नं १ प्रहरी कार्यालयद्वारा आयोजना गरिएको “यौनजन्य हिंसा ः कारण, रोकथाम र नागरिकको भूमिका” विषयक निबन्ध प्रतियोगितामा सो प्रदेश अन्तर्गतका १४ जिल्लाका समग्र विद्यालयका नौ, दश, एघार, र बाह्र कक्षामा अध्ययनरत विद्यार्थीहरुबाट उत्कृष्ट ३ जनालाई्र पुरस्कार वितरण गरेको थियो ।बैंकले सहभागी विद्यार्थीहरुबाट निकै नै चेतनामूलक, प्रभावकारी उपायहरुको वर्णन गर्न सफल सर्वोत्कृष्ट तीन विद्यार्थीहरु मोनिका कार्की, विपना बराइली र समीक्षा अधिकारीलाई क्रमशः प्रथम पुरस्कार रु.२० हजार, द्वितीय पुरस्कार रु.१५हजार र तृतीय पुरस्कार रु.१० हजारले पुरस्कृत गरेको थियो ।

उक्त पुरस्कार प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राइले विजेताहरुलाई हस्तान्तरण गरेका थिए । बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस