नेपालको पर्यटन प्रवर्द्धनमा सघाउने चीनको प्रतिवद्धता

काठमाडौं । चीनले नेपालको पर्यटन प्रवद्र्धनमा आवश्यक लगानी गर्ने प्रतिवद्धता जनाएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ संस्कृति तथा पर्यटनमन्त्री ल्यू शुगांगले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसँग भेटगरी नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा आवश्यक लगानी गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा भएको भेटमा चिनियाँ पर्यटन प्रवद्र्धनका लागि आवश्यक वातावरण बनाउन पनि चिनियाँ संस्कृति तथा पर्यटन मन्त्री शुगांगले नेपाल सरकारसँग आग्रह गरे । पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि चिनियाँ मन्त्री गुगांगले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीले जानकारी दिए ।

उनले चीन नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न इच्छुक रहेको पनि स्पष्ट पारे । काठमाडौंमा आयोजित चिनियाँ महोत्सवमा भाग लिन नेपाल आएका चिनियाँ संस्कृति तथा पर्यटन मन्त्री शुगांग र नेपाली समकक्षी अधिकारीबीच दुई पक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विविध विषमया पनि छलफल भएको संस्कृति, पर्यटन तथा तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस