जाडोमा छालालाई कसरी सुरक्षित राख्ने ?

अनुहार
अनुहारको चमक कायम राख्नका लागि घ्यूकुमारी, नरिवल, बटर र हर्बलको तेल प्रयोग गर्न सकिन्छ ।
दुधमा एक चम्चा बदामको पाउडर मिलाएर त्यसकोे पेस्टलाई १० मिनेटसम्म अनुहारमा लगाएर राख्र्ने । त्यस पछि आफ्नो अनुहारलाई सफा पानीले धुने यो प्याकलाई हरेक रात सुत्नुभन्दा अगाडि लगाउनुपर्छ ।

आँखा
चिसो मौसममा आँखामा फोहोर जम्छ । यो यमस्याबाट छुट्कारा पाउनका लागि हरेक रात सुत्नुभन्दा अगाडि सफा पानीले आँखालाइ धुनुपर्छ र कटन बलले हल्का हातले पुछ्नुपर्छ ।

ओठ
जाडोमा ओेठ रुखो भएर फुट्न थाल्छ । ओठलाई मुलायमपना कायम राख्न आफ्नो ओठमा पेट्रोलियम जेली र भिटामिन इ युक्त लिप बमको प्रयोग गर्नुपर्छ । साथै, जाडोमा लिपिस्टिक लगाउनुभन्दा अगाडि र लिपिस्टिक लगाइसकेपछि ओंठलाई मोइस्चराइज गर्न भुल्नु हुँदैन ।

हात
हातको छालाको मुलायमपनालाई कायम राख्नका लागि भिटामिन ई युक्त क्रिमको प्रयोग गर्नु पर्छ । धेरै चिसो भएको बेला पञ्जा लगाएर मात्रै बाहिर निस्कनु हुँदैन ।

गोडा
चिसोमा खुट्टालाई सुरक्षित राख्नका मोइस्चराइजर लगाउनुपर्छ । खुट्टाको साथै पैतलाको पनि स्याहार आवश्यक छ । पैतलालाई मुलायम तथा सुन्दर बनाउनका लागि यस्तो मोइस्चराइजर लगाउनु पर्छ ।

मनतातो पानीले नुहाउने
चिसोबाट बच्नका लागि हामी मनतातो पानीले नुहाउनुपर्छ । साथै, नुहाउने वित्तिकै शरीरमा नरिवलको तेल लगाउनुपर्छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

मिस लिटील नेवा: कात्तिक ६ गते हुने

नेवार समुदायका किशोरीहरुलाई आफ्नो धर्म, कला, संस्कृति र संस्कारबारे ज्ञान दिने उदेश्यले नेप्लीज फेसन होमले …

प्रतिकृया दिनुहॊस