माथिल्लो तामाकोसीको सेयर भर्नेजति सबैले पाउने

काठमाडाैं । माथिल्लो तामाकोसीको प्राथमिक सेयर (आइपिओ) भर्नेजति सबैले पाउने भएका छन् । बिक्री प्रवन्धक नागरिक लगानी कोषका अनुसार कुल ३ लाख ४६ हजार १६६ जनाले आवेदन भरेका छन् ।

सो संख्याबाट ६ अर्ब ७० करोड ५८ लाख २८ हजार रुपैयाँ बराबरको आवेदन परेको कोषका उपव्यवस्थापक रोशनजंग कार्कीले जानकारी दिए । यसअघि प्रभावित स्थानीयको कोटाबाट सेयर पाएकाले अहिले भरेमा त्यो रद्द गरिने कार्कीले बताए । त्यस्तै संचयकोषमा पैसा जम्मा गर्नेहरु, विद्युत प्राधिकरण, नागरिक लगानी कोषका कर्मचारी लगायतले पनि पुनः सेयर भरेमा त्यो आवेदन रद्द हुनेछ ।

‘यसअघि सेयर पाएकाहरुले पुनः भरेको भए रद्द हुन्छ, जसले गर्दा यो संख्या घट्न सक्छ’ कार्कीले सेतोपाटीसित भने ‘यो भेरिफाई गर्नुपर्ने भएकाले बाँडफाँडका लागि कम्तीमा १५ दिन लाग्ने देखिन्छ ।’ कुल १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुलाइएको थियो । धितोपत्र बाँडफाँड निर्देशिकाअनुसार पुगेसम्म न्यूनतम कित्ता सबैलाई दिनुपर्ने छ । आयोजनाका लागि न्यूनतम कित्ता ५० तोकिएको थियो ।

सो कित्ताका लागि १ लाख २६ हजार ११३ जनाले आवेदन दिएका छन् । त्यस्तै अधिकतम कित्ता १ हजार तोकिएको थियो । २६ हजार ३२२ आवेदकले १ हजार कित्ताका लागि आवेदन दिएका छन् । यदी सर्वसाधारणका तर्फबाट परेको यो आवेदन संख्यालाई हेर्ने हो भने ४० कित्ता सेयर सबैले पाउने छन् । सबैलाई ४० कित्ता दिँदा १ करोड ३८ लाख ४६ हजार ६४० कित्ता बाँडफाँड हुन्छ । २० लाख ३८ हजार ३६० कित्ता बाँकी रहन्छ । पुनः गोलाप्रथाबाट २ लाख ३ हजार ८३६ जनालाई १० कित्ताका दरले थप सेयर प्रदान हुनेछ ।

अर्थात सो संख्याले ५० कित्ताका दरले सेयर पाउने छन् । भरेकामध्ये आधाभन्दा बढी संख्याले ५० कित्ता पाउने छन् भने १ लाख ४२ हजार ३३० आवेदकले ४० कित्ताका दरले सेयर पाउने छन् । यदी प्रभावित स्थानीयबाट पुनः भरेको आवेदन रद्द संख्या बढ्यो भने ५० कित्ता पाउनेको संख्या अझ बढ्न सक्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंका मुख्य स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल …

प्रतिकृया दिनुहॊस