तनहुँ जलविद्युत् आयोजनाको मुआब्जा वितरण

दमौली । एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाका लागि तीन करोड ११ लाख ६२ हजार मुआब्जा वितरण गरेको छ ।

व्यास नगरपालिका-५ वेतेनीका आयोजना प्रभावित ६२ मध्ये २० परिवारले मुआब्जा रकम बुझेको आयोजनाका साइट इञ्चार्ज इञ्जिनियर विदुर अधिकारीले बताउनुभयो । मङ्गलबारसम्म अधिग्रहण गरिएको ६० रोपनी जग्गामध्ये नौ रोपनीको मुआब्जा रकम वितरण गरिएको छ ।  आयोजनाले जग्गा अधिग्रहणका लागि रु सात करोड ७३ लाख विनियोजन गरेको छ ।

बाँध जाने प्रवेश मार्ग र ठेकेदारका लागि आवश्यक पर्ने जग्गाका लागि आयोजनाले अधिग्रहण गरेको हो । जग्गाको प्रकृति हेरेर प्रतिरोपनी नौ लाख ५० हजारदेखि रु २० लाखसम्म मूल्य निर्धारण गरिएको छ । पहिरोमा परेको जग्गाको मुआब्जा प्रतिरोपनी दुई लाख ४० हजार निर्धारण गरिएको छ ।

नदी फर्काउन तथा बाँध निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग २० अर्ब ६४ करोड ५२ लाखको सम्झौता भएको छ । आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण, विभिन्न उपकरण आपूर्ति, जडान तथा सञ्चालनका लागि चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडसँग तीन अर्ब ८३ करोड १४ लाखको सम्झौता भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढी प्रभावित आयोजनाले १० महिनासम्म राहत नपाएकाे गुनासाे

काठमाडौं । पूर्वका बाढी प्रभावित जलविद्युत आयोजनाले लामोसमयसम्म राहत नपाएपछि संसदीय समितिमा छलफल भएको छ । बुधवार संघीय संसदको अर्थसमितिमा बाढी प्रभावित आयोजनाका प्रतिनिधि, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान), ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री, राष्ट्र बैंकका गभर्नर, ऊर्जा सचिव र राजस्व सचिवसहित छलफल भएको हो ।

प्रतिकृया दिनुहॊस