बिजुलीको उज्यालोसँगै स्थानीय बासिन्दा हर्षित

काठमाडाैं । टुकीको भरमा रात बिताउनेले पहिलो पटक घरमा विद्युत् जडान गरी उज्यालोमा बस्न पाएपछि यहाँका स्थानीयवासी खुशी भएका छन् । वर्षौंदेखि टुकीको भरमा बस्न बाध्य बस्तीमा विद्युत् विस्तारसँगै उनीहरुको अँध्यारोमा रात बिताउनुपर्ने समस्या टरेको छ ।

तिनाउ गाउँपलिकाको ६७ लाख ७४ हजार आर्थिक सहयोग र नेपाल विद्युत् प्राधिकरण पाल्पाको प्राविधिक सहयोगमा पाल्पाकाे तिनाउ गाउँपालिका–४ सत्यवतीस्थित बोङरी टोलमा विद्युत् विस्तार गरिएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले बताए । उपभोक्ता समितिका अध्यक्ष तथा स्थानीयवासी अनिल कनौजेले नौ वर्षअघिदेखि गाउँमा विद्युत् ल्याउने सपना पूरा भएको बताए । विद्युत्को सुविधाले रेडियो, मोबाइल, टेलिभिजनको पहुँचमा सहज भएको छ ।

वर्षौंसम्म टुकीको भरमा बस्नुपरेको पीडालाई बिर्सेर गाउँमा विद्युत्को उज्यालोमा पढ्न पाउने भएपछि स्कुले बालबालिकादेखि वृद्ध तथा युवासमेत खुशी देखिएका छन् । विद्युत् विस्तारले बोङरी टोलमा १३७ घरधुरीमध्ये ६४ घरपरिवारमा विद्युत् जडान गरी बत्ती बालेका छन् । बस्ती नै उज्यालो बनेपछि स्थानीय बासिन्दा खुशी बनेको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए ।

महङ्गो मट्टितेल खरिद गरी टुकीका भरमा रात बिताउँदा स्थानीयवासीमा स्वास्थ्य समस्या हुदै आएको थियो । विद्युत् विस्तारसँग कुटानीपिसानी मिल, फर्निचर उद्योग, खाना पकाउन, साना उद्योग सञ्चालनमा सहज भएकोे उनीहरुको भनाइ छ । विद्युत् अभावका कारण सानातिना कामका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेपछि अहिले स्थानीयवासी खुशी भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस