इन्टरनेट प्रविधि सम्वन्धि फोरममा विद्युतीय अर्थतन्त्रमा छलफल हुने

काठमाडौं । इन्टरनेट प्रविधि सम्बन्धित बहुपक्षिय सरोकारवालाहरूको दुई दिने राष्ट्रिय फोरम ‘नेपाल आइजिएफ २०१८’ शुक्रबारदेखि काठमाडौंमा हुने भएको छ ।

सरकार, निजी क्षेत्र, नागरिक समाज र आम इन्टरनेट प्रयोगकर्ता सहभागी हुने फोरमका लागि यो वर्ष ‘सहज पहुँच, सुलभ र सुरक्षित इन्टरनेट’ नारा तय गरिएको छ । फोरममा १८ वटा विधागत प्रस्तुति र छलफल तय भएको आयोजकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । फोरमको मूख्य आयोजक इन्टरनेट सोसाइटी नेपाल र सह आयोजकमा इन्टरनेट गभरनेन्स इन्सिच्युट छनौट भएका छन् ।

विद्युतिय अर्थतन्त्र, साइबर सेक्युरिटी, पुर्वाधार विकास, फेक न्युज र सामाजिक सञ्जाल जस्ता विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग छलफल हुने छ । इन्टरनेट सेवाको गुणस्तर विस्तार, इन्टरनेटमा सूचना अभिव्यक्ति स्वतन्त्रता, समावेशीकरणका साथै नेपालमा स्मार्ट सिटीको प्रवर्धन र सम्भावनाका विषयमा समूहगत छलफल र निचोड निकालिने इन्टरनेट सोसाइटी नेपालका अध्यक्ष सन्तोसबाबु सिग्देलले बताए ।

फेसबुक, अन्तराष्ट्रिय इन्टरनेट गभर्नेन्स फोरम, आइक्यान, एपिनिक जस्ता अन्तर्राष्ट्रिय प्रविधि संस्थाहरूको समेत सहभागिता रहने जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस