दुई करोड महसुल उठ्न बाँकी

पोखरा । नेपाल विद्युत् प्राधिकरणको पोखरा वितरण केन्द्रमा आर्थिक वर्ष २०७४-७५ मा सडक बत्ती वापतको विद्युत् महसुल रकम एक करोड ८६ लाख ३३ हजार ७८० उठ्न बाँकी देखिएको छ ।

सडक बत्तीको महसुल पोखरा महानगरपालिकाबाट प्राप्त गर्नुपर्ने भए पनि हालसम्म प्राप्त भइनसकेको पोखरा वितरण केन्द्रका प्रमुख सुरेन्द्रकुमार शाहले जानकारी दिए । उनका अनुसार केन्द्रबाट उक्त आर्थिक वर्षमा सडक बत्तीबाहेक ९९.२४ प्रतिशत महसुल उठाइसकिएको छ । केन्द्रले सो अवधिमा विद्युत् बिक्रीबाट एक अर्ब ५० करोड ६४ लाख सात हजार ८९६ सङ्कलन गरेको केन्द्रका लेखा अधिकृत जयराम आचार्यले जानकारी दिए ।

आर्थिक वर्ष २०७५-७६ शुरु भएयता केन्द्रमा विद्युत् महसुलवापत असोजसम्म ४३ करोड ३६ लाख पाँच हजार ९३५ सङ्कलन भएको बताउँदै उहाँले यो रकम कूल उठ्न बाँकीमध्ये ९७.७१ प्रतिशत भएको जानकारी दिए । केन्द्रले आफ्नो सेवा क्षेत्रभित्र विद्युत् वितरणलाई प्रभावकारी बनाउन निरन्तर क्रियाशील बनेको बताउँदै केन्द्र प्रमुख शाहले यस बीचमा कम क्षमता भएका तार फेर्ने, फिडर थप गर्नेजस्ता कामलाई अघि बढाइएको जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढी प्रभावित आयोजनाले १० महिनासम्म राहत नपाएकाे गुनासाे

काठमाडौं । पूर्वका बाढी प्रभावित जलविद्युत आयोजनाले लामोसमयसम्म राहत नपाएपछि संसदीय समितिमा छलफल भएको छ । बुधवार संघीय संसदको अर्थसमितिमा बाढी प्रभावित आयोजनाका प्रतिनिधि, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान), ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री, राष्ट्र बैंकका गभर्नर, ऊर्जा सचिव र राजस्व सचिवसहित छलफल भएको हो ।

प्रतिकृया दिनुहॊस