दार्चुलामा जिपको छत हटाउँदै ट्राफिक

दार्चुला । दार्चुला ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न भन्दै ७६ जिपको छत हटाउन लगाएको छ ।
चाडपर्वका बेला सडक दुर्घटना न्यूनीकरणको लागि भन्दै महाकाली लोकमार्ग तथा शाखा सडकमा सञ्चालनमा रहेका जिपको छत तथा पछाडिको सिट हटाउन लगाएको हो ।
यातायात कार्यालयबाट पाँच सिट पास भएका जिपले पछाडि र छतमा यात्रु बोक्न थालेपछि छत र पछाडिको सिट हटाउनुपरेको ट्राफिक प्रहरीका सहायक निरीक्षक धनसिंह नगारीले बताए ।
सवारी धनीले यातायात कार्यालयबाट पाँच सिटको मात्रै पास बनाउने तर १२ देखि २५ सम्म यात्रु बोक्न थालेपछि प्रहरीले दुर्घटना न्यूनीकरण गर्न विनापासका सिट हटाउन लगाइएको हो ।
जिल्लाका कच्ची तथा साँघुरा सडकमा सिट क्षमताभन्दा बढी यात्रु बोक्न थालेपछि जिपलाई पाँच सिटमा मात्रै यात्रु बोक्न ट्राफिक प्रहरीले निर्देशन दिएको छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस