फ्रान्सद्वारा जर्मनी पराजित

काठमाडौं । युएईएफए नेसन्स कप फुटबलमा विश्व विजेता फ्रान्सले जर्मनीलाई हराएको छ । मंगलबार राति भएको खेलमा फ्रान्सले चार पटकको विश्व विजेता जर्मनीलाई २–१ ले हराएको हो ।
फ्रान्सका लागि एन्टोनी ग्रीजम्यानले दुई गोल गरे भने जर्मनीका लागि टोनी क्रुसले एक गोल गरे ।
खेलमा अग्रता भने जर्मनीले लिएको थियो । खेलको १४ औं मिनेटमा क्रुसले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको ६२ औं मिनेटमा फ्रान्सका ग्रीजम्यानले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । यसैगरी खेलको ८० औं मिनेटमा ग्रीजम्यानले पेनाल्टीमा गोल गर्दै फ्रान्सले २–१ ले खेल जित्यो ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस