बाबा रामपाललाई हत्याको अभियोगमा जन्मकैद सजाय

भारत । भारतको हरियाणास्थित सतलोक आश्रमका विवादित बाबा रामपाल र अन्य १४ जनालाई हरियाणाको एक अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

चार वर्षअघि एकजना १८ महिने शिशु र चार महिलाहरूको हत्या गरेको अभियोगमा रामपालसहित उनका १४ जना साथीलाई अदालतले दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाइएको छ ।

अदालतले बाबा रामपाललाई १ लाख भारु जरिबानासमेत तिर्नुपर्ने फैसला गरेको छ ।

उनीमाथि अर्को पनि हत्या गरेको आरोप छ र त्यसमाथि आउँदो बुधवार फैसला सुनाइँदै छ ।

अदालतले बाबा रामपाललाई १ लाख भारु जरिबानासमेत तिर्नुपर्ने फैसला समेत गरेको छ ।

रामपालविरुद्ध गत ५ वर्षदेखि अदालतमा मुद्दा चलिरहेको थियो । उनलाई उनकै आश्रमबाट १९ नोेभेम्बर २०१४ मा गिरफ्तार गरिएको थियो ।

त्यसअघि २००६ मै रामपालविरुद्ध हत्याको मुद्दासमेत दायर भएको थियो । उक्त मुद्दामा पनि उनी गिरफ्तार भएका थिए । २२ महिना जेल बसेपछि उनी जमानतमा रिहा भएका थिए । त्यसपछि उनी कैयौंपल्ट अदालतमा उपस्थित भएनन् र उनको जमानत रद्द हुन पुग्यो । बीबीसी

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस