दशैंमा तीन सुरक्षा निकायले राजधानीमा बस सेवा दिँदै (रुटसहित)

काठमाडौं । तीन वटै सुरक्षा निकायले बस सञ्चालन गरी सर्वसाधारण यात्रुलाई सुविधा दिने निर्णय गरेका छन् ।

दसैंका समयमा राजधानीमा सार्वजनिक साधन कम चल्ने भएकाले  सर्वसाधारण यात्रुको सुविधालाई मध्यनगर राख्दै बस सञ्चालन गर्न लागिएको हो ।

नेपाली सेनाले विजयादशमीका दिन, नेपाल प्रहरीले असोज ३१, कात्तिक १ र २ गते तथा सशस्त्र प्रहरीले बडादशैंको विदा अवधिभर सवारी साधन निःशुल्क रुपमा संचालन गर्ने जनाइएका छन् ।

विजयादशमीका दिन सेनाका बसहरु आठ वटा रुटमा बिहान ६ः३० देखि ११ बजेसम्म तथा दिउँसो ३ बजेदेखि भद्रकालीबाट निःशुल्क रुपमा चढ्न पाइने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसैगरी नेपाल प्रहरीका बस असोज ३१, कात्तिक १ र २ गते बिहान ११ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने बताइएको छ ।

त्यस्तै, बडादशैंको विदा अवधिभर सशस्त्र प्रहरीको निःशुल्क बस काठमाडौं उपत्यकाभित्र बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म चल्ने छ ।

यी हुन् निः शुल्क बस सेवाका रूट

नेपाली सेनाका बसहरु

रुट नं.१— भद्रकाली, माईतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क।

रुट नं.२— भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माईतीघर।

रुट नं.३— भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी ९अस्पताल०, ताहाचल, टेकु, थापाथली।

रुट नं.४— भद्रकाली, माईतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली।

रुट नं.५— भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तिनकुने, बानेश्वर, सहिदगेट।

रुट नं.६— भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली।

रुट नं.७— भद्रकाली, माईतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माईतीघर, भद्रकाली ।

रुट नं.८— भद्रकाली, माईतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।

नेपाल प्रहरीका बसहरु

रुट नं.१– नक्साल, पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, शहीदगेट, रत्नपार्क, दरबारमार्ग, नक्साल ।

रुट नं.२– नक्साल, मैतिदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, शहीदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपालचोक, बालुवाटार, नक्साल ।

रुट नं. ३– नक्साल, जयनेपाल हल, लैनचौर, सोह्रखुट्टे, नयाँबजार, बालाजुचोक, नयाँ बसपार्क, तिलिङ्गेटार, नारायणगोपाल चोक, सुकेधारा चोक, चाबहिल, गौशाला, रातोपुल, नक्साल ।

सशस्त्र प्रहरीका बसहरु

रुट नं. १– कलंकी, कालिमाटी, त्रिपुरेश्वर, माइतीघर, बानेश्वर, कोटेश्वर, ठिमी, सुर्यविनायक पुगी पुनः सोही रुटबाट कलंकीसम्म फिर्ता ।

रुट नंं. २– लगनखेल, जावलाखेल, पुल्चोक, त्रिपुरेश्वर, जमल, लैनचौर, नारायणगोपाल चोक, बाँसबारी, बुढानिलकण्ठ पुगी पुनः सोही रुटबाट लगनखेलसम्म फिर्ता ।

रुट नं. ३– स्वयम्भु हल्चोक, कलंकी, बल्खु, सातदोबाटो, कोटेश्वर, गौशाला, चावहिल, सामाखुशी, बालाजु भएर चक्रपथ परिक्रमा ।

रुट नंं. ४– स्वयम्भु हल्चोक, बालाजु, सामाखुशी, चावहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, बल्खु, कलंकी भएर चक्रपथ परिक्रमा ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस