पोल्याण्डविरुद्ध इटलीको संघर्षपूर्ण जित

काठमाडाैं । यूईएफए नेशन्स लिग ए अन्तर्गत इटलीले पोल्याण्डविरुद्ध १–० गोलअन्तरको संघर्षपूर्ण जित निकालेको छ । पोल्याण्डको राष्ट्रिय रंगशालामा पाहुना टोलीले खेल आफ्नो पक्षमा पारेको हो । घरेलु टोलीले खेलको अन्तिमसम्म इटलीलाई रोकेको थियो ।

तर, अन्तिम मिनेटमा क्रिष्टियानो बिराघीले केभिन लासांगाको पासलाई सदुपयोग गरी इटलीलाई महत्वपूर्ण तीन अंक दिलाए । जितसँगै लिग ए को समूह तीनमा रहेको इटलीले शीर्ष स्थानको पोर्चुगलमाथि दवाब कायमै राखेको छ । तीन खेलबाट इटलीको ४ र पोल्याण्डको १ अंक छ । २ खेल खेलेको पोर्चुगलको ६ अंक रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस