अनाथालयलाई नेपाल बैंकको तीन लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले ललितपुरको धापाखेलमा सञ्चालित नवकिरण अनाथ असहाय बाल उत्थान समाजलाई आर्थिक सहयोग गरेको छ । बैंकको संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत दसैँको अवसर पारि बाल उत्थानलाई तीन लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।

अनाथ समाजद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमकाबीच बैंक सञ्चालक समितिका अध्यक्ष जनार्दन शर्मा आचार्यले बाल उत्थान समाजका संरक्षक साईमाता सावित्री पोखरेललाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरे । अनाथ बालबालिकाहरु सेवामा सहयोग गर्न पाएकोमा अध्यक्ष आचार्यले खुशी व्यक्त गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस