नेपाल आइडलका टप ट्वान्टीका प्रतिस्पर्धीको दशैं तिहार गीत

काठमाडाैं । सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’ को दोश्रो संस्करणमा टप ट्वान्टी सम्म पुगेका प्रतिस्पर्धीहरुले ‘दशैं तिहार’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।

आशिष प्रसाईको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा कलाकारहरु विश्वास उप्रेती, रवि शर्मा, करण जोशी, संजय सोब र सविन सुवेदीको संयुक्त आवाज रहेको छ । दशैं तिहारको छेको पारेर सार्वजनिक गरिएको भिडियोमा स्वयं कलाकारहरुले अभिनय गरेका छन् भने अन्य कलाकारले पनि शसक्त भूमिका निर्वाह गरेका छन् ।

गीतको शब्द विक्की महतले लेखका हुन् । ‘परदेशमा रहेर दशैं तिहारलाई सम्झिएर शब्द रचना गरेको हो’, उनी भन्छन्, ‘हजारौको संख्यामा नेपाली युवाहरु विदेशी भूमिमा श्रम गर्न बाध्य छन्, उनीहरुको लागिल के दशै के तिहार उनीहरुलाई पनि त यो चाडपर्वले कति छुँदो हो ? हाम्रो गीतले यहि कथा भन्छ ।’

गीतमा सिद्धार्थ भट्टको संगीत रहेको छ। राजेश घिमिरेले खिचेको भिडियोलाई सुशील न्यौपानेले सम्पादन गरेका हुन् । देश तथा विदेशमा बस्ने नेपालीहरुले यो गीत औधी मन पराउने कलाकारहरुको दाबी छ। गीतका गायक तथा संगीतकारले सक्दो मेहेनत गरेर गीतको भिडियो तयार भएको निर्देशक आशिष प्रसाईले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस