‘शान्ति’ को गीत ‘बलेसीमा पानी खस्यो’ सार्वजनिक

काठमाडाैं । आगामी मंसिर १४ गते रिलिज हुने फिल्म ‘शान्ति’ को गीत ‘बलेसीमा पानी खस्यो’ सार्वजनिक भएको छ । गीतमा दिनेश लिङदेनको शब्द, विकास चौधरीको संगीत र विकास तथा सशिका राईको स्वर छ। सुशिल क्षेत्री र निशा पोमुले फिचरिङ गरेको गीतमा जनक राईको कोरियोग्राफी छ ।

फिल्मका निर्देशकसमेत रहेका दिनेशका अनुसार फिल्मले वैदेशिक रोजगारीमा नेपालीहरूको यथार्थता, पारिवारिक, सामाजिक एवम् प्रेमकथालाई प्रस्तुत गर्नेछ । फिल्ममा सुशिल क्षेत्री, निशा पोमु, सुप्रिया श्रेष्ठ, सन्जिब थेबे, सुदिता लिङदेन, बालदिप राई, शर्मिला शर्मा, खुस्बु चेम्जोङ, अजय खडका, प्रदिप योङहाङ, महेन्द्रकुमार राई, सुमित्रा अधिकारीको अभिनय छ ।

फिल्ममा विकास चौधरीको संगीत, जनक कार्कीको नृत्य, राजु किराँती, ज्ञानु राईको छायांकन र मेग मगरको सम्पादन छ । पूर्व ‘मिस लिम्बु’ निशा पोमु र सन्जिब तथा सुप्रियाको यो ‘डेब्यु’ फिल्म हो । शान्ति वखिम थेबे निर्माता तथा बसन्त थेवे कार्यकारी निर्माता रहेको फिल्ममा कविता राई लिङ्देन प्रस्तुतकर्ता छिन् । फिल्म सिन्धुली, काभ्रे, नुवाकोटमा छायांकन गरिएको हो ।

https://youtu.be/BRZSMo7-TMU

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस