रहेनन् कांग्रेस नेता चक्रप्रसाद बाँस्तोला

काठमाडाैं । नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएको छ । शनिबार दिउँसोदेखि स्वास्थ्य अवस्था जटिल बनेका बाँस्तोलाको राति ९:२० मा निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराएका छन् ।

उनले सामाजिक सञ्जालमा नेता बाँस्तोलाको निधनबारे ट्वीटसमेत गरेका छन् ।
अन्तत चक्र दाइ जानू भयो !!!!
अहिले भर्खरै रातिको ९.२० मा नेपाली कांग्रेसका अग्रज नेता चक्रप्रसाद बांस्तोलाको निधन भएको छ ।
उहाँको आत्मालाई शान्ति मिलोस् स्वर्गमा !!‘  उनको ट्वीटमा भनिएको छ ।

शनिबार अपराह्न नै विभिन्न मिडियाले बाँस्तोलाको निधन भएको समाचार प्रकाशित गरेकोमा हतार नगर्न प्रवक्ता शर्मालेआग्रहसमेत गरेका थिए । ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेता बाँस्तोलाका भतिजा तारा बाँस्तोलाले  अपराह्न भनेका थिए, -‘शनिबार साढे १ बजे घरबाट न्यूरो अस्पताल लग्यौँ । अस्पतालका डाक्टर साढे २ बजे ब्रेन र हर्टले काम गर्न छाडेको, फोक्सोमा पानी जमेको भन्दै ‘नो मोर क्लिनिकल्ली डेथ’ भनेर पठायो ।’ ‘शरीरमा अक्सिजनको मात्रा रहुञ्जेल घोषण गर्न नमिलेको हो ‘ उनले भने ।

बाँस्तोलाको स्वास्थ्य अवस्था जटिल बनेपछि कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला लगायतका नेताहरु बाँस्तोलाको निवास पुगेका थिए ।

करिब ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका बास्तोलाको अवस्था शनिबार थप बिग्रिए पछि बाँसबारीस्थित न्यूरो अस्पताल लगिएको थियो । तर, त्यहाँ थप उपचार सम्भव नभए पछि पुनः निवासमै ल्याइएको थियो । उनका श्रीमती र दुर्इ छोरी छन् । दुबै छोरी गरिमा र सुम्निमा देश बाहिर रहेकोका आज मात्र आइपुग्ने र अन्तिम संस्कारमा सहभागी हुने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

२०६९ साल पुस १४ मोरङको बिराटचोकमा आयोजित बन्धु भेलामा सहभागी भएका बेला ७४ वर्षीय नेता बाँस्तोलालाई मस्तिष्काघात (ब्रेन ह्यामरेज) भएको थियो । त्यषसपछि भारतको मेदान्त अस्पतालमा सात महिना उपचारपछि उनलाई घर ल्याइएको थियो । काँग्रेसका पूर्व केन्द्रीय सदस्यसमेत रहेका बास्तोला दरबार हत्याकाण्ड हुँदा गिरिजाप्रसाद क्याबिनेटका परराष्ट्रमन्त्री थिए बाँस्तोला । उनी भारतका लागि नेपाली राजदूतसमेत बनेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस