गुर्जा हिमाल चढ्न गएका ५ कोरियाली र ४ नेपालीको मृत्यु [अपडेट]

म्याग्दी । धौलागिरी गाउँपालिका-१ स्थित ७ हजार १ सय ९३ मिटर अग्लो गुर्जा हिमाल आरोहण गर्न गएका ५ जना दक्षिण कोरियाली पर्यटक र ४ जना नेपाली सहित ९ जनाको हिमआँधीमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा दक्षिण कोरियाका जोहोन ली (Jaehun Lee, Pp no M04612862), च्याङ हो किम (Chang Ho Kim, pp no 85850032), इल जिन रिम (Il Jin Rim pp no M 97002378), योङ जिक यु (Young Jik yoo pp no M54666498) र जुन मो झोङ –व्यल मो जियोङ (Joon Mo Jeong pp no M 800519211)रहेका छन्।

त्यसैगरी हिमआँधीमा परि मृत्यु हुनेमा गुर्जा हिमाल आरोहणमा कोरियाली पर्यटक लिएर पुगेका संखुवासभा साविक हटिया गाविस-२ का ३९ वर्षीय छिरिङ भोटे, सोही जिल्ला साविक भोटेखोला गाविस-३ का २१ वर्षीय लाक्पा सोङवु भोटे, संखुवासभाकै फर्वु भोटे र म्याग्दी धौलागिरी गाउँपालिका-१ गुर्जाका नेत्रबहादुर छन्त्याल रहेका छन्।

र्जा हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउँबाट २१ गते बेसक्याम्पतर्फ हिँडेको थियो । टोलीमा भरिया गुर्जा गाउँकै बासिन्दा थिए । तर उनीहरु सम्पर्कमा नआएपछि स्थानीयबासी खोजीका लागि शुक्रबार बेसक्याम्प गएका थिए । त्यहाँ जाँदा टेन्टहरु उडाएको, चिन्न नसकिने शवहरु फेला परेको देखेपछि उनीहरु शुक्रबार साँझ गाउँ फर्किएर प्रहरीमा खबर गरेका थिए । पश्चिम हिमालको नामले समेत चिनिने गुर्जा ६ हजार ४६५ मिटर अग्लो छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लागू औषध मुद्दामा पक्राउ परेका एन्फा उपाध्यक्ष दावा लामा रिहा

काठमाडौं । लागुऔषध मुद्दामा पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा रिहा …

प्रतिकृया दिनुहॊस