क्लियरिङ्ग हाउसले ४० प्रतिशत लाभांश दिने

काठमाडाैं । नेपाल क्लियरिङ्ग हाउसले ४० प्रतिशत लाभांश दिने भएको छ । सातौं वार्षिक साधारण सभाले गत आवको खुद नाफा १८ करोड १६ लाखबाट २० प्रतिशत नगद तथा २० प्रतिशत सेयर लाभांश दिने भएको हो ।

नेपाल क्लियरिङ्ग हाउसमा १० प्रतिशत नेपाल राष्ट्र बैंकको, ८० प्रतिशत बैंक तथा वित्तीय संस्थाहरुको र १० प्रतिशत स्मार्ट च्वाइस टेक्नोलोजिजको शेयर स्वामित्व छ । हाल कम्पनीको चुक्ता पूँजी १८ करोड छ । शेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूँजी २१ करोड ६० लाख हुनेछ ।

गत आवमा कुल ९६ लाख ८६ हजार २७७ चेक राफसाफ भएकोमा दैनिक कारोवार संख्या ४० हजार ७५६ रहेको थियो ।  औसत दैनिक राफसाफ रकम २६.६ अर्ब रहेको थियो । हाल ८० सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ४ हजार ८० शाखाहरुबाट खिचिएका चेकहरु कम्पनीको एनसिएचएल प्रणाली मार्फत राफसाफ हुँदै आएको छ ।

यसैगरी कम्पनीले गत बैशाखदेखि अनलाईन माध्यम मार्फत सोझै आफ्नो बैंक खाताबाट नेपाल सरकारको राजस्व भुक्तानी, फण्ड ट्रान्सफर, अन्य भुक्तानी गर्न सकिने प्रणाली संचालनमा ल्याएकोमा छ । उक्त प्रणालीमा हाल ४४ जना बैंक वित्तीय संस्थाहरु आवद्ध भइसकेका छन् तथा ३१ वटा बैंक वित्तीय संस्था मार्फत कारोबार भईरहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस