एभरेष्ट बैंक र फिन सर्टबीच रेमिट्यान्स सम्झौता

काठमाडाैँ । एभरेष्ट बैंक र दक्षिण कोरियाली मनी ट्रान्सफर अपरेटर फिनसर्ट आईन कर्पोरेटबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतासँगै दक्षिण कोरियाबाट बैंकमा रेमिट्यान्स पठाउन सहज हुने बैंकको दावी छ ।

उक्त सम्झौता पत्रमा बैंकका अधिकारी र फिनसर्टका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरे । क्वाइन सर्ट एउटा रजिस्टर्ड अनलाईन प्रडक्ट हो र यसले फिनसर्टबाट सेवा प्रदान गर्ने छ । जसलाई सजिलै वेबसाइट तथा मोवाइल एप्लिकेशनमा पाउन सकिन्छ ।

एन्ड्रोइड तथा आईओएस दुबै डिभाइसमा उक्त एप्लिकेसन छ । रेमिट्यान्स पठाउनेले क्वाइनसर्टमा रजिस्टर हुनुपर्ने छ, त्यसपछि क्वाइनसर्टले एभरेष्ट बैंकमार्फत नेपालमा रेमिट्यान्स पठाउने छ ।

यो समझदारी सँगै बैंकको सेवा दक्षिण कोरियासम्म पुगेको छ । रेमिट्यान्स देशभर रहेका एभरेष्ट बैंकका ८२ वटा ब्रान्च र ५५०० रेमिट्यान्स एजेन्टहरुमार्फत भुक्तानी लिन सकिने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस