वित्तीय र ऊर्जाक्षेत्र सुधारका लागि विश्व बैंकले दियो २३ अर्ब ऋण

काठमाडाैं । नेपालको मुख्य दातृ निकाय विश्व बैंकले दुईवटा कार्यक्रमका लागि २३ अर्ब नेपाली रुपैयाँ बराबरको ऋण दिने भएको छ । वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयनका लागि २० करोड अमेरिकी डलर सहुलियत ऋण सहायता प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थमन्त्री युवराज खतिवडा तथा विश्व बैंकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरको उपस्थितिमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकको तर्फबाट नेपालका लागि कन्ट्री डाइरेक्टर चिम्याओ फ्यानले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । इन्डोनेसियाको बालीमा जारी विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकको अवसरमा उक्त सम्झौता भएको हो ।

दुईवटा ऋण सम्झाैता भएकामा पहिलो चौथो वित्तीय क्षेत्र स्थायित्व कार्यक्रममा खर्च हुने छ। २०१३ मा सुरु भएको यो कार्यक्रमको यो अन्तिम किस्ता हो । यसमा १० करोड अमेरिकी डलर छ । दोस्रो सम्झौता ऊर्जा क्षेत्र विकास कार्यक्रमका लागि हो। यो ऊर्जा क्षेत्रको संस्थागत सुधारका लागि खर्च हुने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस